राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिनुभएको छ । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ ।
भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभएको छ । उहाँले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्णरूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।
‘छिमेकी पहिला’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनुभएको छ । दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ ।
सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमवार भारत जानुभएको हो ।
हिजो लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । हिजै उहाँले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूसँग भेट गर्नुभएको थियो ।
भ्रमण टोलीमा लामिछानेसँगै उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।
— Narendra Modi (@narendramodi) June 3, 2026
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।