अब सीमाबाट ५०० रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

 जेठ २०, २०८३ बुधबार १५:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी १०० रुपैयाँभन्दा धेरैकाे सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । अर्थ मन्त्रालयले साविकमा १०० रुपैयाँसम्म रहेको सीमा बढाएर ५०० पुर्‍याएको हो ।

राजपत्रमा प्रकाशित सूचनामा ५०० रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ ।

सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बसिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए ।

स्थलमार्गबाट सीमा ओहरदोहर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाइका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनावसमेत देखिएको थियो ।

अघिल्लो वर्ष नै १०० रुपैयाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहारतः भन्सार नलाग्ने अभ्यास थियो । नयाँ सरकारले कार्यन्वयनमा कडाइ गरेको हो ।

तराई मधेशका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारि जाने गरेका छन् । यस्तै कतिपयले सीमा पारि वैवाहिक सम्बन्धसमेत रहेकाले माइतीबाट ल्याएको उपहारमा पनि भन्सार तिर्नुपरेको गुनासो गरेका थिए ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया