राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा कार्यवाहक मेयर डङ्गोलले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नगर प्रहरी काठमाण्डौ महानगरको ‘ब्रान्ड एम्बेसडर’ भएको उल्लेख गर्दै नमूना प्रहरीका रूपमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यवाहक मेयर डङ्गोलले नगर प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न तथा ‘चेन अफ कमान्ड’ को पूर्ण पालना गर्न निर्देशन दिनुभयो । उहाँले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो ।
कार्यवाहक मेयर डङ्गोलले नगर प्रहरीलाई दिनमा कम्तीमा तीन पटक शहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभयो । सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्ने उहाँको भनाइ छ ।
डङ्गाेलले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषय कानूनसम्मत रूपमा अगाडि बढाइने उल्लेख गर्नुभयो ।
काठमाण्डौ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरू अक्षरशः पालन गर्ने बताउनुभयो । महानगरले आज नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।