राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ । आगलागीमा अरू कैयौँ व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसी हिन्दीले जनाएको छ ।
मालवीय नगर क्षेत्रमा रहेको ‘फ्लोरिश स्टे’ नामको होटलमा आज बिहान आगलागी भएको हो । होटलको तल रहेको ‘लेमन ग्रीन’ नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन ।
आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल पुर्याइएका ३९ मध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै ज्यान गइसकेको थियो । १५ जना आईसीयूमा उपचाररत छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ ।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले दुःख व्यक्त गरेका छन् । आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलिसकेको छैन । होटलमा प्रायः विदेशी नागरिक पुग्ने गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।