एक्सप्रेस–टी विद्युतीय ट्याक्सीमा यात्रुकाे आकर्षण बढ्दाे

 जेठ २०, २०८३ बुधबार १७:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  काठमाण्डाै उपत्यकाका सडकमा पछिल्लो समय एक्सप्रेस–टी विद्युतीय ट्याक्सीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । आधुनिक डिजाइन, आरामदायी यात्रा अनुभव तथा वातावरणमैत्री विशेषताका कारण यो सेवा यात्रुहरूबीच लोकप्रिय बन्दै गएको कम्पनीले जनाएकाे छ ।

दैनिक रूपमा हजारौँ यात्रु आवतजावत गर्ने उपत्यकामा सहज र सुविधायुक्त यातायातको आवश्यकता बढिरहेका बेला एक्सप्रेस–टीले फराकिलो इन्टेरियर, आरामदायी सिट तथा पर्याप्त बुट स्पेसमार्फत यात्रुको ध्यान आकर्षित गरेको छ । विशेषगरी विमानस्थल आवतजावत, पारिवारिक यात्रा तथा अतिरिक्त सामान बोकेर यात्रा गर्नेहरूका लागि यो ट्याक्सी उपयोगी विकल्प बनेको कम्पनीकाे दाबी छ ।

सरोकारवालाहरूका अनुसार सडकमा विद्युतीय ट्याक्सीको बढ्दो उपस्थिति उपत्यकाकाे यातायात प्रणालीलाई आधुनिक र व्यवस्थित देखाउन सहयोगी बनेको छ । धूवाँरहित तथा कम आवाजमा सञ्चालन हुने यस्ता गाडीले शहरी वातावरणलाई थप स्वच्छ र आकर्षक बनाउन योगदान पुर्‍याइरहेका छन् ।

यात्रुमैत्री संरचना, सहज चढ्ने–ओर्लने व्यवस्था तथा शान्त ड्राइभिङ अनुभवका कारण एक्सप्रेस–टीले ग्राहक सन्तुष्टि बढाएको सेवा प्रयोगकर्ताहरूको अनुभव छ ।

यात्रुको सुविधा, सुरक्षा र विश्वसनीयतालाई प्राथमिकतामा राख्दै एक्सप्रेस–टी विद्युतीय ट्याक्सी काठमाण्डाैको दिगो यातायात प्रणालीको महत्त्वपूर्ण हिस्सा बन्ने दिशामा अघि बढिरहेको छ ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया