राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयलले गएको साउनपछि ५९२ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएकामध्ये आज ४० वटा फिर्ता गरेसँगै साउनपछि फिर्ता गरिएका मोटरसाइकल तथा स्कुटरको सङ्ख्या ५९२ पुगेको हो ।
कार्यक्रममा कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कुटर चोरी हुने भएकाले सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न आग्रह गर्नुभयो । पार्किङ गर्दा सीसीटीभी क्यामेराकाे निगरानी रहेको ठाउँ छनोट गर्न, ह्यान्डिल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाडीमा जीपीएस जडान गर्न उहाँकाे सुझाव छ ।
ट्राफिक प्रहरीले गाडी चोरी भएमा वा हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।