साफ महिला च्याम्पियनशिपकाे सेमिफाइनलबाटै बाहिरियाे नेपाल

 जेठ २०, २०८३ बुधबार १८:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।

खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो । त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले अर्काे गोल गर्‍याे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज राति भारत र भूटान खेल्दैछन् । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि हुनेछ ।

नेपाल अहिलेसम्म उपाधिविहीन छ । प्रतियोगिताको आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ६ पटक उपविजेता बन्दा २ पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया