भारतीय सुरक्षाकर्मीले नेपालीमाथि हप्कीदप्की गरेकाेबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्छ : हर्क साम्पाङ

 जेठ २९, २०८३ शुक्रबार १४:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा सांसद साम्पाङले एसएसबीले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनुभयो । यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसद्लाई जानकारी गराउन सरकारलाई उहाँले सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ ? सुस्तामा एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गर्दै गरेका भिडियोहरू सार्वजनिक भएका छन् । संसदमा प्रधानमन्त्री त आउनु हुन्न । सभामुखले रुलिङ गरेर रक्षामन्त्रीलाई ल्याइदिनुपर्‍याे । सरकारले सेनालाई सीमामा अवलाेकन गर्न पठाउन पनि नमिल्ने के करार गरेको रहेछ ?'

सांसद साम्पाङले आफ्नो भूमिका लागि नेपाली नागरिकले मात्रै लड्नुपर्ने दुःखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असार २७, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया