केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

 जेठ २९, २०८३ शुक्रबार १८:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – न्युजिल्यान्डका दिज्जग ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यससँगै उनको १६ वर्षे शानदार अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ ।

३५ वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १९ हजार ३२६ रन बनाएका छन् ।

विलियमसनले ११० टेस्टमा ६ दोहोरो शतक र ३३ शतकसहित ९ हजार ५१५ रन, १७५ एकदिवसीयमा १५ शतकसहित ७ हजार २५६ रन तथा ९३ टी–२० मा २ हजार ५७५ रन बनाएका छन् ।

केन विलियमसनले सन् २०१६ देखि २०२४ सम्मको अवधिमा ३ वटै फर्म्याटमा न्युजिल्यान्डको कप्तानी गरेका थिए । उनको कप्तानीमा टोलीले आईसीसी एकदिवसीय विश्वकपमा २ पटक फाइनल र ३ पटक सेमिफाइनल खेल्यो । यस्तै सन् २०२१ मा न्युजिल्यान्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: असार २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया