राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र

 असार ५, २०८३ शुक्रबार १५:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी ८ वटा विधामा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको छ । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले ३ वटा विधामा पुरस्कार जितेको छ । उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ । यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो । उत्कृष्ट अभिनेताको पुरस्कार ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गर्नुभएको छ ।

उत्कृष्ट पटकथातर्फको पुरस्कार ‘परान’ ले जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत हुनुभयो । उत्कृष्ठ छायाङ्कनको पुरस्कार ‘कोशेढुङ्गा’ ले पाउँदा उत्कृष्ट पुरस्कार पनि यही फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो ।

समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । उहाँलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडीले जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।

समारोहमा चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ । लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार पाएको छ । उत्कृष्ट आदिवासी फिल्मको पुरस्कार नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।

अन्तिम अपडेट: असार २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया