झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डौ – रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ । चलचित्रको शुभारम्भ आज भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गरी गरिएको हो ।
निर्माण पक्षकाअनुसार लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्र असारको अन्तिम हप्तादेखि छायाङ्कन शुरु हुनेछ ।
यो चलचित्रमार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन् भने चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट अभिनय यात्रा शुरु गर्ने भएकी छन् ।
विशेष गरी कमेडीलाई केन्द्रमा राखेर निर्माण हुने यो चलचित्र पूर्ण मनोरञ्जनात्मक हुने निर्देशक सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र भइरहेको छ ।
चलचित्रको नेपाल वितरण अधिकार आरआर फिल्म्सले प्राप्त गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको निर्माता रघुनाथ सापकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।