झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दाबीलाई अस्वीकार गरेको छ । इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनलाईले जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद–११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनुभएको छ । यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।
हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो ।
यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्तरूप दिने बताउनुभएको छ । अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।