सम्पर्कविहीन कर्मचारीमाथि कारबाही शुरू

 असार २१, २०८३ आइतबार १८:९:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको शुरुआत गर्नुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षसमेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ जना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कारबाही शुरू गर्नुभएको हो ।

सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र ललितपुरकाे खुमलटारमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई हुनुहुन्छ ।

मन्त्री चाैधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको बताउनुभयाे । अब मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्रलगायत निकायहरूबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: साउन २, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया