नवयुवा आन्दोलनका फौजदारी मुद्दाको पेशी रोक्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन

 असार २१, २०८३ आइतबार १८:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोडिएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयहरूमा पत्र पठाएको छ ।

गृह मन्त्रालयले असार १८ गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालयअन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार १९ गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती कारबाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो ।

कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनुवाइ हुने छैन । यसले गएको भदौ २३ र २४ गतेका घटनासँग जोडिएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ ।

भदौ २४ गतेको घटनामा संलग्न भएको अभियोगमा झन्डै ९५० जनाविरुद्ध मुद्दा चलिरहेको छ । अहिले नारायणदत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ । उहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो ।

अन्तिम अपडेट: साउन २, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया