मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश

 असार २२, २०८३ सोमबार ९:१३:३९ | एजेन्सी
unn.prixa.net

सहआयोजक देश मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोको घरेलु मैदान अज्टेका रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे ।

मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुवैले थप १–१ गोल गरेका हुन् । ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित थियो ।

घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । यसअघि अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला शुरु भएको थियो । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया