झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको ज्यान गएको थियो । इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ ।
शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिवारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीवारसम्म रहनेछ ।
यसैबीच, अमेरिकाले हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ ।
अन्त्येष्टिकाबीच खामेनीको हत्याको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ । जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध आक्रोश व्यक्त गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।