झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डाै — जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, सिँचाइ विस्तार र कृषि आधुनिकीकरणमार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ ।
कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब ६० लाख मेट्रिक टनमा सीमित हुँदा हरेक वर्ष करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक ३० देखि ३५ अर्ब रुपैयाँभन्दा बढीको धान तथा चामल आयात भइरहेको छ।
यस वर्ष मनसुन कमजोर हुँदा देशभर धान रोपाइँ गएकाे वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारले जनाएको छ।
सरकारले जलवायुमैत्री प्रविधि, रैथाने बीउ संरक्षण, उन्नत बीउ उत्पादन, सिँचाइ विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको छ।
कृषि विज्ञहरूले समयमै मल, बीउ, सिँचाइ र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सकिने बताएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।