राेनाल्डाे भर्सेस यमाल : दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धा

 असार २२, २०८३ सोमबार १४:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति पोर्चुगल र सन् २०१० को विजेता स्पेन खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको डालास रङ्गशालमा शुरू हुनेछ ।

नकआउट चरणमा पोर्चुगलले क्रोएशियालाई २–१ र स्पेनले अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । पोर्चुगल समूह ‘के’ को उपविजेता र स्पेन समूह ‘एच’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०१० मा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । यस्तै २०१८ मा दुवै टोलीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म ४१ पटक भेट भएकोमा स्पेन १८ र पोर्चुगल ७ खेलमा विजयी भएका छन् भने १६ खेल बराबरीमा सकिएको छ ।

पोर्चुगल र स्पेनबीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाडीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ४१ र स्पेनका लामिन यमाल १८ वर्षका छन् । रोनाल्डोले सन् २००६ मा पहिलो पटक विश्वकप खेल्दा यमाल जन्मिएकै थिएनन् ।

विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भोलि बिहान पौने ६ बजे अमेरिका र बेल्जियम खेल्दैछन् । यो खेल अमेरिकाको सिएटल रङ्गशालमा हुनेछ । नकआउटमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० र बेल्जियमले सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । अमेरिका समूह ‘डी’ र बेल्जियम समूह ‘जी’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो । यसअघि सन् १९३० मा अमेरिका ३–० र २०१४ मा बेल्जियम २–१ ले विजयी भएको थियो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म ७ पटक भेट भएकोमा बेल्जियम ६ र अमेरिका १ खेलमा विजयी भएका छन् ।

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया