झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डाै ललितपुरकाे महालक्ष्मी नगरपालिका–२ इमाडोलमा सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीकाे पाटन नगरपालिका–७ घर भई ललितपुर बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका प्रहरीले जनाएकाे छ । पीडित महिलाले ती व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।
भट्ट नेपाल सरकारकाे शिक्षा अधिकृतका रूपमा कार्यरत रहेका खुलेकाे छ । उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेकाे प्रहरी वृत्त सातदोबाटोले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।