झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डाै – चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशतले धेरै हो ।
विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन र ऋण प्रवाह, बीमा प्रिमियम सङ्कलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ । तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धिदर सामान्यस्तरमै सीमित भएको छ ।
१८ औद्योगिक वर्गीकरणमध्ये १६ वटाको वृद्धि भएको छ । विद्युत् तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै साढे २४ प्रतिशत वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
कृषि क्षेत्रको वृद्धिदर १ दशमलव ५८ प्रतिशत रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने ० दशमलव ०४ प्रतिशतले खुम्चिएको छ ।
यस अवधिमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्बबाट ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।