धुलिखेल–खावा सडक खण्ड रातकाे समयमा बन्द नहुने

 असार २२, २०८३ सोमबार १५:५२:२३ | रासस
unn.prixa.net

तस्वीर : रासस

काभ्रे – वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा रातकाे समयमा यातायात सेवा बन्द नहुने भएको छ ।

निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा गाडी आवागमनमा रोक लगाइने निर्णय भएको थियो । सडक खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द भएको थियो ।

केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथोकीले बताउनुभयो । अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ ।

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया