बाल्कोट योग साधना केन्द्रको वार्षिकाेत्सवमा ३८ जनाले रक्तदान गरे

 असार २२, २०८३ सोमबार १६:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाल्कोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो १४औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सरसफाइ, सचेतना र्‍याली, रक्तदानलगायतको कार्यक्रम गरेको केन्द्रले आज सोमवार विशेष समारोहका साथ दिवस मनाएको हो ।

स्थापना दिवसअन्तर्गत हिजाे ३८ जनाले रक्तदान गरेका केन्द्रका निवर्तमान संयोजक मालती रानाभाटले जानकारी दिनुभयो ।

आजै केन्द्रको कार्यसमिति पुनर्गठनसमेत भएको छ । ठाकुर बुढाथोकीको संयोजकत्वमा नयाँ समिति गठन भएको हो ।

रेडक्रस उपशाखा बाल्कोटको भवनमा हरेक दिन बिहान ५ बजेदेखि डेढ घण्टासम्म चल्ने योग साधनामा ६० जनाभन्दा धेरैको सहभागिता रहने गरेको छ । पतञ्जली सूर्यविनायक नगरयोग समितिअन्तर्गत १७ वटा साधना केन्द्र रहेकामा बालकाेक केन्द्र सबैभन्दा पुरानो हो ।

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया