चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई घुससहित पक्राउ

 बैशाख २, २०७६ सोमबार १९:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । 

सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराई पक्राउ परेका हुन् । भट्टराईमाथि अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: भदौ ८, २०७६

तपाईको प्रतिक्रिया