कोरियन भाषा परीक्षामा पास हुनेको सीप परीक्षण आउँदो भदौमा

 असार १९, २०७६ बिहिबार १२:३९:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरियन भाषा परीक्षा अन्तर्गत भाषा परीक्षामा पास भएकाहरुको सीप परीक्षण आउँदो भदौ ४ गतेदेखि १८ गतेसम्म हुने भएको छ । 

भाषा परीक्षामा पास भएका परीक्षार्थीले सीप परीक्षणका लागि असार २० गतेदेखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

सीप परीक्षण हुने स्थान भने साउन २९ गते तोकिने छ । सीप परीक्षणबाट कृषितर्फ २ हजार र औद्योगिक क्षेत्रमा ४७ सय जना छनोट हुने सूचना अधिकारी भण्डारीले जनाकारी दिनुभयो ।  

दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको ईपीएस शाखाले जानएको छ ।

भाषा र सीप परीक्षण दुवैमा पास भए पनि कोरियाको रोजगारी पक्का नहुने भन्दै सूचना अधिकारी भण्डारीले भाषा र सीप दुवै परीक्षामा उत्तीर्ण व्यक्ति कोरियाको रोजगारीका लागि आवेदन दिन योग्य मात्रै हुने बताउनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक २६, २०७६

तपाईको प्रतिक्रिया