जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का

 फागुन ५, २०७६ सोमबार २०:४६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का गरिएको छ । 

वैज्ञानिकले कोरोना भाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् तर चमेरोबाट कोरोना भाइरसको उत्पत्ति भएको हुन सक्ने प्रमाण भेटिएको बताएका छन् । 

यी चमेराले अरु पशुपंक्षीलाई सङ्क्रमित गरेको र त्यसबाट मानिसमा सङ्क्रमण भएको हुन सक्ने वैज्ञनिकले बताएका छन् । कोरोना भाइरसको उत्पत्ति भएको चीनको वुहान शहरकाे बजारबाट सङ्कलित ३३ वटा मासुको नमुना परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् । 

यीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसका कारण चीन र चीनबाहिर गरी अहिलेसम्म एक हजार सात सय ७६ जनाको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  

अन्तिम अपडेट: फागुन २३, २०७६

तपाईको प्रतिक्रिया