‘यो आँधी रोकिनेछ, मानव जाति बाँच्नेछ, हामीमध्ये धेरै जना जीवितै रहनेछौँ’

 चैत १२, २०७६ बुधबार १७:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मानव जगतले यतिबेला विश्वव्यापी समस्या भोगिरहेको छ । यो सम्भवत अहिलेको पीँढीले भोग्नुपरेको सर्वाधिक ठूलो समस्या हुुनुपर्छ । विश्वका मानिस तथा सरकारहरुले केही हप्ताभित्र लिने निर्णयले आउँदा वर्षहरुमा विश्व कस्तो हुन्छ भन्ने कुरा निर्क्योल गर्नेछ।

ती निर्णयहरुले हाम्रो स्वास्थ्य उपचार प्रणालीमात्र नभइ अर्थतन्त्र, राजनीति तथा संस्कृतिसमेतको निर्क्योल गर्नेछन् । यस घडीमा हामीले द्रुत तथा निर्णयात्मक हिसाबले पहलकदमी लिनुपर्छ । यसो गर्ने क्रममा हामीले चालेका हरेक कदमको दूरगामी परिणामहरुलाइसमेत ध्यानमा राख्नुपर्दछ ।

हामीले समाधानका उपाय तथा विकल्पहरु खोज्दै गर्दा तत्कालको समस्या कसरी हल गर्ने भन्ने मात्र नभइ यो समस्याबाट छुट्कारा पाइसकेपछि हामी कस्तो दुनियाँमा बस्नेछौँ भन्ने कुरालाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ । यो आँधी रोकिनेछ, मानव जाति बाँच्नेछ, हामीमध्ये धेरै जना जिवितै रहनेछौँ; तर हामी फरक खालको दुनियाँमा बाँचिरहेका हुनेछौँ ।

यतिखेर हामीले अपनाएका विभिन्न अल्पकालीन आकस्मिक उपायहरु हम्रा जीवन बचाउने कसी बन्नेछन् । यही नै आपतकालको मुख्य विशेषता हो । यस्ता आपतकालीन समयमा सामान्य अवस्थामा वर्षौँ लगाएरमात्र गरिने निर्णयहरु पनि केही घण्टामै गरिन्छन्। 

यस्तो बेला केही नगरी बस्नुको खतरा धेरै बढी हुने भएकाले अपरिपक्व र खतराजनक प्रविधिहरु पनि समस्या समाधानका लागि अघि सारिन्छन् । सबै देशहरु ठूलो मात्रामा गरिएका सामाजिक प्रयोग र व्यवहारका अगाडि मूकदर्शक भएर बस्नुपर्ने हुन्छ । सबै जनाले घरबाटै काम गर्ने र पर परबाटै एक अर्कासँग सञ्चार गर्दा कस्तो होला , सबै विद्यायल र विश्वविद्ययालयहरु अनलाइन हुँदा कस्तो अवस्था आउला 

यो महामारी रोक्नका लागि विश्वको पुरै नागरिकले केही निश्चित मापदण्ड वा नियमहरु पलना गर्नुपर्छ । यी नियमहरु लागू गराउन सरकारले मुख्य तरिका अपनाउनुृ पर्छ; एउटा जनताको अनुगमन गर्ने र अर्को नियम मिच्नेलाई कारबाही गर्ने ।

सामान्य अवस्थामा सरकार व्यवसायी तथा शिक्षण संस्थाहरुले यी कुराहरु कदापि स्वीकार्दैनन् । तर अहिलेको अवस्था सामान्य अवस्था होइन । यस्तो आपतको घडीमा हामीसँग जम्मा दुइ वटा महत्वपूर्ण विकल्प रहन्छन् । पहिलो सर्वसत्तावादी निगरानी र नागरिक सशक्तिकरण । दोस्रो राष्ट्रवादी एकान्तवास र वैश्विक ऐक्यबद्धता ।

सतही नभैइ साँचो अर्थमा निगरानी

यो महामारी रोक्नका लागि विश्वका पुरै नागरिकले केही निश्चित मापदण्ड वा नियमहरु पलना गर्नुपर्छ । यी नियमहरु लागू गराउन सरकारले मुख्य तरिका अपनाउनुृ पर्छ; एउटा जनताको अनुगमन गर्ने र अर्को नियम मिच्नेलाई कारबाही गर्ने । आज मानव जगतकै इतिहासमा पहिलेपटक प्रविधिका माध्यमबाट विश्वका सबैलाई एकैपटक अनुगमन र निगरानी गर्न सम्भव भएको छ ।

पचास वर्षअघि यो प्रविधि थिएन र केही सय किलोमिटर पर पनि सुरक्षाका हिसाबले राम्ररी निरीक्षण गर्न सकिँदैनथ्यो । यसका लागि मानिसहरु नै खटिनुपथ्र्यो । हिजोआज अत्याधुनिक प्रविधिको सहायताले सरकारहरुले प्रत्येक नागरकिका क्रियाकलापलाइै एकै ठाउँबाट नियाल्न र निगरानी गर्न सम्भव भएको छ ।

कोरोना भाइसरविरुद्धको लडाईमा विश्वका थुप्रै देशहरुले यस्ता प्रविधिहरु प्रयोगमा ल्याइसकेका छन् । चीन यस कुरामा सबैभन्दा बढी उदाहरणीय देश हो । नागरकिका स्माटैफोनहरुलाई नजिकबाट निगरानी गरेर, करोडौँ अनुहार चिन्ने प्रविधियुक्त क्यामेराहरु प्रयोग गरेर, नागरिकहरुलाई आफ्नो शरीरको तापक्रम तथा स्वास्थ् अवस्था जँचाउन त्यसबारे सम्बन्ति संस्थामा खबर गर्न लगाए ।

यसबाट चीनका अधिकारीहरुले कोरोना भाइरस लागेका शंकास्पद व्यक्तिहरुको पहिचान मात्र नगरी उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको समेत पहिचान गर्न सक्षम भए । त्यस बाहेक थुप्रै मोबाइल एप्ल्किेशन बनाएर नागरिकहरुलाई कोरोना भाइरस लागेका व्यक्तिहरुसँग को कति नजिक छ भन्ने जानकारी समेत गराए जसले गर्दा त्यहाँका नागरिकहरु कोरोनाविरुद्धको लडाईँमा सजग र सतर्क भएर अगाडि बढ्न सके ।

फाइनान्सियल टाइम्समा प्रकाशित युवल नोह हरारीको द वर्ल्ड आफ्टर कोरोना भाइरस शीर्षकको लेखको अनुदित अंश
 

अन्तिम अपडेट: चैत १२, २०७६

तपाईको प्रतिक्रिया