२ सय ५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो नेपाल एअरलाइन्स

 चैत १९, २०७६ बुधबार १८:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर ब्रिस्बेनको लागि उडेको छ ।

नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो । जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्डका गरी २ सय ५७ जना यात्रु र २४ जनाको सञ्चालन टोली रहेको छ ।

जहाज मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बेन जानेछ र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कनेछ । यसअघि अप्रिल २ तारिखमा मात्रै ब्रिस्बेन जाने तालिका रहेकोमा अष्ट्रेलियाली दूतावासको आग्रहमा उडान १ तारिखलाई सारिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

कोरोनाको संकटको बेला नेपाली झण्डा फहराउँदै विश्वका विभिन्न ठाउँमा पुगेर यात्रुलाई सेवा दिन पाउँदा नेपाल एअरलाइन्सको गौरव झनै बढेको निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले बताउनुभयो ।

‘हामीलाई अझै धेरै आग्रह आइरहेको छ्, जतिसक्यो धेरे देशका नागरिकलाई घर पुर्याउन चाहान्छौं ’, जुहार्चनले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०७७

तपाईको प्रतिक्रिया