चार दिनमै सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्...
बैशाख ८, २०७८ बुधबार
काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।