सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
भारतमा एक जना सरकारी कर्मचारीले सिँचाइकाे लागि निर्मित बाँध 'ड्याम'मा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि कारबाहीमा परेका छन् ।
सेल्फी खिच्ने क्रममा खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । भारतको छत्तिसगढको कंकर जिल्लामा निर्मित खेरखट्टा ड्याममा गएकाे आइतबार मोबाइल खसेको हो । उनले त्यो मोबाइलमा महत्वपूर्ण सरकारी डाटा रहेको भन्दै बाँधबाट बीस लाख लिटर पानी निकालेका थिए । मोटरको सहायता लिएर पनि यति पानी खाली गर्न तीन दिन लागेको थियो । मोबाइल भेटिएता पनि त्यसमा पानी पसेर चल्न सकेको छैन ।
यसरी मोबाइल निकाल्न ड्यामको पानी निकालेपछि उनको तीव्र आलोचना भइरहेको छ । उनले खाली गरेको पानीले ६ सय हेक्टर जमिन सिँचाइ गर्न सकिने अधिकारीहरुले बताएका छन् । कंकर जिल्लाका अधिकारी प्रियंका शुक्लाले यसरी पानीको नोक्शान गर्नु गलत काम भएको भन्दै छानबिन नभएसम्म राजेशलाई जागिरबाट निलम्बन गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।