थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डौ – पत्रकार तथा लेखक ददि सापकोटाको छैटौं कृति ‘ज्ञानिका’ को आज लोकार्पण तथा अन्तर्क्रिया कार्यक्रम हुँदैछ । दिउँसो साढे २ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम हुने पुस्तकको प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।
पुस्तकको यसअघि नै चितवनमा विमोचन भइसकेको छ । सापकोटाले ‘ज्ञानिका’ मा २१ जना व्यक्तिको परिचयसहित उनीहरूको योगदानको रोचक शैलीमा जीवनकथा समेट्नुभएको छ । पुस्तकमा पर्यावरण र जीव संरक्षणमा लागेका तथा समाजोपयोगी अरू खोज अनुसन्धानमा लागेका व्यक्तिहरु समेटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संस्थापक कर्मचारी हुँदै प्रमुखसमेत भएर योगदान दिएका रामपृत यादव, चितवनका सुरूवाती समयका वन्यजन्तु प्राविधिक हर्कमान लामा र विष्णु लामा, सामुदायिक वनको स्थापना र उत्थानमा लागेका तेजबहादुर सिंह महतदेखि वनस्पति अध्येयता ड.तीर्थबहादुर श्रेष्ठसम्मको कथा पुस्तकमा समेटिएको छ ।
उनीहरुको अनुभव, रोचक संस्मरण तथा योगदान र अध्ययनको सार किताबमा समेटिएको सापकोटाले बताउनुभयो । चितवन झुवानीका सापकोटा लामो समयदेखि फ्रान्समा बस्दै आउनुभएको छ । यसअघि उहाँको पछी जगत, त्यो नेपाल, दुखेको युरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।