सिटीटेकको 'फिनपस मिनी' सार्वजनिक

 कात्तिक २३, २०८२ आइतबार १३:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिटीटेक ग्रुप प्रालीले ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न नास एक्स्पोको अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो 'फिनपस मिनी' औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

फिनपस मिनीले व्यापारीहरूलाई कार्ड र क्यूआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ । यो उपकरणले भिसा, मास्टरकार्ड, यूपीआई र नेपालपे लगायतका कार्ड योजना तथा नेपालपे क्यूआर, फोनपे र स्मार्टक्यूआर जस्ता क्यूआर योजनाहरूलाई समर्थन गर्दछ ।

साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रूत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ । यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना–ठूला सबै प्रकारका व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको कम्पनीकाे भनाइ छ ।

सिटीटेकको चर्चित ब्रान्ड फिनपसले अहिले नेपालभरका १२ वटा बैंकमा पीओएस सेवा प्रदान गर्दै १० हजारभन्दा धेरै व्यवसायीलाई सेवा दिइरहेको छ । फिनपस मिनीको शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय शुरू गरेको कम्पनीले जनाएकाे छ ।

सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले फिनपस मिनी केवल एउटा उत्पादन मात्रै नभई नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया