गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – ‘स्टुडेन्ट अफ द इयर नेपाल’ को अडिशन भोलिदेखि शुरू हुने भएको छ । भोलि झापाकाे बिर्तामोडबाट अडिशन शुरू हुने आयोजकले आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
‘स्टुडेन्ट अफ द इयर नेपाल’ राष्ट्रियस्तरको विद्यार्थी प्रतिभा खोजी अभियान भएकाले नेपालभरि रहेका प्रतिभावान् विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्य रहेको ‘स्टुडेन्ट अफ द इयर राष्ट्रिय समिति’ ले जनाएको छ ।
अडिशन देशभरका ११ प्रमुख शहरमा सञ्जालन हुनेछ । झन्डै १० हजार विद्यार्थीबाट गरिने अडिनशनबाट छनोट भएका २ सय जनाबाट ४० जनामा छनोट गरी ‘अनलाइन भोटिङ’ को प्रक्रिया शुरू हुने प्रतियोगिताका निर्णायक तथा युवा वैज्ञानिक आरिफ अलीले जानकारी दिए । यसबाट विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र प्रतिभा उजागर गर्ने लक्ष्य लिएको उनले बताए ।
भोलि बिर्तामोडदेखि शुरू हुने अडिशिन मङ्सिर १३ गते माेरङकाे विराटनगर, १७ गते सुनसरीकाे धरान, २० गते धनुषाकाे जनकपुर, २२ गते चितवन, २४ गते कास्कीकाे पोखरा, २६ गते रुपन्देहीकाे बुटवल, २९ गते कैलालीकाे धनगढी, पुस ३ गते ललितपुर, ५ गते भक्तपुर र ७ गते काठमाण्डौमा हुनेछ ।
यो प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका १३ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रमको सञ्चालन इभा गिरीले गर्नेछिन् भने निर्णायकमा आरिफ अली र बैंकर अलिन केशरी शाह छन् ।
गएको मङ्गलवार भएको पत्रकार सम्मलेनमा कार्यक्रमबाट निर्णायकसमेत रहेकी नायिका प्रियंका कार्कीले व्यक्तिगत केही आफ्ना सर्त भएकाले कार्यक्रममा सहभागिता नरहने बताएकी थिइन् । त्यसपछि आयोजकले आज फेरि पत्रकार सम्मेलन आयोजना गरी उठेका प्रश्न र भ्रमबारे स्पष्ट पारेको छ । छिट्टै छलफल गरी अर्को निर्णायककाबारे जानकारी दिइने आयोजकले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।