निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

 मंसिर १५, २०८२ सोमबार १५:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्था बमोजिम प्रत्यक्ष र समानुपातिक गरी दुई वटा निर्वाचन प्रणाली रहेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताउनुभयो । चुनाव सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्र अनुसार अघि बढ्न उहाँको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया