थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
अमेरिकामा गरेको एउटा अध्ययनले बालबालिकालाई १२ वर्ष नपुग्दै स्मार्टफोन दिनु हानिकारक हुने निष्कर्ष निकालेको छ ।
१२ वर्ष नपुग्दै स्मार्टफोन पाएका बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम बढी हुने निष्कर्ष निकालेको चिकित्सा जर्नल पेडियाट्रिक्समा प्रकाशित अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकामा सञ्चालित बालमस्तिष्क अध्ययनले १० हजार ५०० जनाभन्दा धेरै बालबालिकाको तथ्याङ्क विश्लेषण गरेर यो निष्कर्ष निकालेको प्रतिवेदनमा भनिएको छ ।
यसअघिका अरू अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग गर्ने बालबालिका प्रत्यक्ष सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्राबाट टाढा हुने सम्भावना बढी हुने देखाएकोमा यो अध्ययनले बृहत् रूपमा तथ्यहरू समेटेको न्युयोर्क टाइम्सको खबरमा उल्लेख छ ।
अध्ययनमा संलग्न विज्ञहरूले बालबालिकालाई डिजिटल पहुँच आवश्यक भए पनि शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै कम्तीमा १२ वर्ष पुगेपछि मात्रै स्मार्टफोन दिनु स्वास्थ्यका लागि सुरक्षित उपाय रहेको सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।