दक्षिण कोरियामा ‘यौनसम्बन्धी’ फुटेजका लागि १ लाख २० हजारभन्दा धेरै घरेलु क्यामेरा ह्याक

 मंसिर १५, २०८२ सोमबार १७:५५:३९ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

‘यौन सम्बन्धी’ फुटेजका लागि दक्षिण कोरियामा १ लाख २० हजारभन्दा धेरै घरेलु क्यामेरा ह्याक भएको छ । घर र व्यवसायमा रहेका भिडियो क्यामेराहरू ह्याक गरेको र ती फुटेजहरू प्रयोग गरेर विदेशी वेबसाइटका लागि यौनसम्बन्धी सामग्री बनाएको आरोपमा चार जना पक्राउ परेका बीबीसीले जनाएको छ ।

आरोपीहरूले इन्टरनेट प्रोटोकल अर्थात् आईपी क्यामेराको कमजोरी– पासवर्डहरूको दुरुपयोग गरेका प्रहरीले बताएको छ । सीसीटीभीको सस्तो विकल्पका रूपमा रहेको आईपी क्यामेराहरूलाई घर क्यामेरा पनि भनिन्छ ।

यी क्यामेरा घरको इन्टरनेट नेटवर्कमा जडान हुन्छन् र प्रायः सुरक्षाका लागि वा बच्चाहरू र घरपालुवा जनावरहरूको सुरक्षा निगरानी गर्न जडान गरिन्छ । निजी घर, नाइट क्लबमा उपलब्ध हुने निजी कोठा, पिलेट्स स्टुडियो र स्त्रीरोग विशेषज्ञको क्लिनिकहरुका क्यामेरा ह्याक गरिएका पाइएको छ ।

पक्राउ परेका चारै जनाले व्यक्तिगत रूपमा काम गरेका पाइएको दक्षिण कोरियाको राष्ट्रिय प्रहरी एजेन्सीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पक्राउ परेका १  जनामाथि ६३ हजार क्यामेरा ह्याक गरेको र ५ सय ४५ यौनसम्बन्धी भिडियोहरू उत्पादन गरेको आरोप छ । उनले ती भिडियो १२ हजार २ सय ३५ अमेरिकी डलरमा बेचेको खुलेको छ ।

यस्तै अर्का व्यक्तिले ७० हजार क्यामेरा ह्याक गरेर ६ सय ४८ वटा भिडियो १२ हजार २ सय ५७ डलरमा बेचेको आरोप छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया