नवयुवा आन्दाेलन : सुरक्षा बेस र हतियार नजोगाएको भन्दै सशस्त्रका डीएसपीलाई कारबाही सिफारिश

 मंसिर १५, २०८२ सोमबार १८:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी बलले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनमा बानेश्वरमा रहेको सशस्त्रको सुरक्षा बेस र हतियार नजोगाएको भन्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम कुँवरलाई कारबाही सिफारिश गरेको छ ।

सशस्त्रले आन्तरिक रूपमा छानबिन गरी डीएसपी गौतमलाई कारबाही सिफारिश गरेको हो । भदौ २४ गते सुरक्षा बेसमा रहेका ११ वटा हतियार जलेका थिए । हतियार जोगाउन भूमिका नखेलेको र प्रहरीसँग समन्वयसमेत कमजोर रहेको देखिएकाले डीएसपी गौतमलाई कारबाही सिफारिश गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया