दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

 मंसिर १६, २०८२ मंगलबार ६:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।

इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा लगातार वर्षा र चक्रवातका कारण बाढी पहिरोमा परि लाखौं मानिस विस्थापित भएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इन्डोनेशियामा मात्रै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ ।

श्रीलङ्कामा साढे ३ सय जना, थाइल्यान्डमा १ सय ७६ जना र मलेशियामा ३ जनाको ज्यान गएको खबरमा उल्लेख छ । इन्डोनेशिया र श्रीलङ्का दुवै देशले सेना परिचालन गरी उद्धार तथा राहत कार्य भइरहेको जनाएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ भने विद्युत् तथा सञ्चार अवरुद्ध हुँदा हवाई तथा डुङ्गा मार्फत आपत्कालीन सामग्री पुर्‍याइँदैछ ।

श्रीलङ्कामा झन्डै ११ लाख मानिस प्रभावित भएका खबरमा उल्लेख छ । श्रीलङ्का सरकारले यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । धेरै ठाउँमा विद्यालय, पुल, घर र खेतबारी बगाएको छ ।

हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । त्यहाँको मौसम विभागका अनुसार केही ठाउँमा अझै ठूलो वर्षाको सम्भावना कायमै रहेकोले उद्धार तथा राहतमा थप समस्या भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया