त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

 मंसिर १६, २०८२ मंगलबार ८:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डोनेसियामा चलिरहेको त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल योग्यकार्ताको मागुवोहर्जो रङ्गशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरु हुनेछ ।

चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा छ भने  नेपाल ८९औँ स्थानमा छ । चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एशियन कपको उपाधिसमेत जितेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चाइनिज ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जीत निकाल्ने विश्वास व्यक्त गरे । कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताएकी छन् ।

शृङ्खलाअन्तर्गत गएको बिहिवार आफ्नो पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गतेलले हारेको थियो । चाइनिज ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया