थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डौ – गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४ जना, चीनबाट सात हजार ८ सय ७१ जना, बेलायतबाट सात हजार १ सय ८९ जना, बङ्गलादेशबाट पाँच हजार ६ सय ५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३ सय ९३ जना, श्रीलङ्काबाट चार हजार ८ सय ३१ जना, म्यानमारबाट चार हजार ४ सय ८४ जना, फ्रान्सबाट चार हजार २ सय ११ जना र जर्मनीबाट चार हजार १ सय ३४ पर्यटक भित्रिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।