थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डौ – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२ दशमलव ६६ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का ठेक्का तोडिएको छ ।
योजना कार्यालय इटहरीले गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँग २०७८ साल माघ २ मा ५२ करोड ७० लाख रुपैयाँमा भएको ठेक्का सम्झौता आज तोडेको हो । गएको वर्ष २०८१ साल साउन भित्र काम सक्नुपर्ने सम्झौतामा अहिलेसम्म निर्माण प्रगति झन्डै १८ प्रतिशत मात्र देखिएको र पटक–पटक ताकेता गर्दा पनि काम नगरेको, प्रतिबद्धता अनुसार काम अघि नबढाएको तथा साइट ठप्प बनाएकाले ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।
ठेक्का आउँदो वर्ष २०८३ साल असारसम्म बढाइए पनि प्रगति सन्तोषजनक नभएपछि कार्य सम्पादन जमानत १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख रुपैयाँसहित १० प्रतिशत ब्याज असुल गर्ने निर्णय समेत भएको छ । अनुमानित लागतभन्दा झन्डै ५० प्रतिशत कम बोली लगाए पनि जेभीले काम नगरेको र १५ दिनभित्रको स्पष्टीकरण समेत चित्तबुझ्दो नआएपछि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।
कामको नापजाँच गरी वित्तीय फछ्र्यौटका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई आग्रह समेत गरिएको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।