थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिएपछि तनाव सिर्जना भएको छ । इमरान खानका छोराहरुले खानमाथि जेलभित्र कुटपिट भएको भन्दै भेट्न अनुमति मागेका थिए । तर सेनाले केही हप्तादेखि भेट्न नदिइरहेका बेला खानको जेल भित्रै ज्यान गएको हल्ला फैलिएको हो ।
अफगानिस्तान टाइम्स नामको एक्स ह्यान्डलबाट शुरू भएको हल्लाबारेमा स्वतन्त्र रूपमा पुष्टि भएको छैन । खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले आज विरोध प्रदर्शनको योजना बनाएसँगै तनाव झनै बढेको हो ।
पीटीआईको प्रदर्शन हुनुअघि स्थानीय प्रशासनले इस्लामावाद र रावलपिण्डीमा भोलिसम्मका लागि धारा १४४ लागू गरेको छ । धारा १४४ लागू भएपछि कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभाको अनुमति हुँदैन भने एक ठाउँमा पाँच जना वा त्यो भन्दा बढी मानिस भेला हुन समेत प्रतिबन्ध लाग्छ ।
गएको हप्ता, इमरान खानलाई भेट्न गरेको आठौँ प्रयास पनि असफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले जेल बाहिर धर्ना दिनुभएको थियो । उहाँलाई सेनाले कुटपिट गरेको थियो । यसैबीच खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले खानको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायमा अनौठो मौनता देखिएको बताउनुभएको छ ।
छोराहरुलाई सम्म हप्तौंसम्म भेट्न नदिएको अबस्थामा अन्तर्राष्ट्रिय समुदायले अनौठो मौनता कायम राखेको भन्दै उहाँले खानको अबस्था सार्वजनिक गर्न माग गर्नुभएको छ । विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ७२ वर्षीय खान सन् २०२३ देखि जेलमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।