थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
कैलाली – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा चुनाव हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गर्नुभएको छ । उहाँले नवयुवाको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारकै कारण तोकिएको फागुन २१ को चुनाव नबिथोलिने दाबी समेत गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज कैलालीको धनगढीमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार खोज्ने क्रम निरन्तर भैरहेको बताउनुभयो । उहाँले निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण बनाउन लागिपरेको समेत बताउनुभएको छ ।
अझै ४ हजार ५ सय ५२ कैदीबन्दी फरार रहेका पनि गृहमन्त्री अर्यालले जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।