थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको एक सय ७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । जनकपुरका अनिल शाह र माज सदाकतले अर्धशतकीय पारी खेले । सदाकतले ६३ र शाहले ६१ रन जोडे ।
चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । चितवनका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।
मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडे । एनपीएलको पहिलो संस्करण विजेता जनकपुरको दोस्रो संस्करणमा यो पहिलो जीत हो । पाँच खेलमध्ये पहिलो जीत हात पारेर तालिकाको सातौं नम्बरमा रहेको जनकपुरको ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना रहेको छ ।
पाँचमध्ये दुई खेल जितेको चितवन तालिकाको चौथो स्थानमा छ । आजको दोस्रो खेलमा दिउँसो चार बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेल्दैछन् । यहि मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता आउँदो २७ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।