कांग्रेस पार्टीको महाधिवेशनसँगै चुनावी प्रचारमा जुट्ने

 मंसिर १६, २०८२ मंगलबार १५:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनसँगै चुनावी प्रचारमा पनि जुट्ने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच चुनाव अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस केन्द्रित थियो । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले अब महाविधेशनसँगै चुनावको पनि विषय सँगसँगै लिएर गाउँ जाने बताउनुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लामो छलफल र बहसपछि महाधिवेशनमा सर्वसम्मति भएको बताउँदै अब सबै मिलेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र चुनावमा लाग्न एकताबद्ध भएर कसरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

यसैबीच कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय निक्कै कम भएको बताउनुभएको छ । चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले समय कम भए पनि अब पार्टीका नेता÷कार्यकर्ता सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने बारेमा नेता शेखर कोइराला पनि इच्छुक रहेको हुँदा कुराकानी भैरहेको र आफूहरु दुईजना मध्ये एक जनाले सभापतिमा लड्ने डा. शशाङ्क कोइरालाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया