थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
सिरहा – सरकारले तोकेको धानको समर्थन मूल्यमा बेच्न यसवर्ष किसानको आकर्षण बढेको छ । तर खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भने समस्या भएको छ । कोटा अनुसार कम्पनीले धान खरिद गर्ने गर्छ । अरु ठाउँमा जस्तै सिरहाको लहानमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा पनि यसपाली धान बेच्ने किसान धेरै देखिएका छन् ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण सबै किसानको धान खरिद गर्न चुनौती भएको छ । खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यसवर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ ।
गएको वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट यसवर्ष न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उहाँको भनाइ छ । गएको वर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए ।
यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले तीन हजार ६ सय २८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छ, भने व्यापारीले प्रति क्विन्टल दुई हजार आठ सय रुपैयाँसम्ममा मात्र खरिद गरिरहेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हिजो बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय समेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।