कर्णाली ‘प्ले अफ’ को समीकरणबाट बाहिरियो, पोखरा ३४ रनले विजयी

 मंसिर १६, २०८२ मंगलबार २२:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ । पोखराले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १ सय ६७ रन बनाएर सबै विकेट गुमायो ।

कर्णालीका मार्क वाटले ५९ रन बनाए । पोखराका धनञ्जय लक्क्ष्न र रिशी धवनले समान ३ तथा किरण थगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरको त्रिवि किकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय एक रन बनायो । कर्णालीले जीतका लागि दुई सय दुई रनको लक्ष्य पाएको थियाे ।

पोखराका एडम रोसिङटनले शतक बनाए । उनी ५८ बलमा एक सय ८ रनमा अविजित रहे । जोसन रोयले ४६ रन बनाए । कर्णालीका मार्क वाट र गुलसन झाले एक/एक विकेट लिए ।

यो जीतसँगै पोखरा ५ खेलमा ४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । प्लेअफमा पुग्ने आशालाई कायम राख्न टोलीले बाँकी रहेको दुई खेल जित्नु पर्ने हुन्छ ।

पराजित भएको कर्णाली ६ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ । कर्णाली प्लेअफको समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।

यही मङ्सिर १ गतेदेखि शुरू भएको एनपीएल २७ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया