मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि सात दलको बैठकमा सहमति जुटेन

 मंसिर १८, २०८२ बिहीबार १८:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठकमा निष्कर्षविनै टुंगिएको छ ।

कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो । कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनुपर्ने अडान राखेको छ ।

लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । अब कांग्रेस र लोसपा बसेर सहमति गरी आजै सात दलको बैठक बस्ने सहमति भएको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय भोलि बेलुका ५ बजेसम्म रहेको छ । 
 

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया