टी–२० क्रिकेटमा ६०० विकेट पूरा गर्ने तेस्रो बलर बने नरायन

 मंसिर १९, २०८२ शुक्रबार १५:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – वेस्ट इन्डिजका सुनिल नरायन टी–२० क्रिकेटमा ६०० विकेट पूरा गर्ने तेस्रो बलर बनेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग (आईएल) टी–२० मा ३७ वर्षीय बलिङ अलराउन्डरले यो उपलब्धि हासिल गरेका छन् । आईएल टी–२० आबुधाबी नाइट राइडर्सका नरायनले शारजाह वारियर्ससँगको खेलमा १ विकेट लिएका हुन् ।

यसअघि टी–२० क्रिकेटमा अफगानिस्तानका राशिद खानले ६ सय ८१ र वेस्ट इन्डिजकै ड्वेन ब्राभोले ६ सय ३१ विकेट लिएका छन् ।

५६८ टी–२० खेलमा नरायनले ६ दशमलव १६ को इकोनोमी रेट कायम राखेका छन्, यो कम्तीमा २०० विकेट लिने ११७ बलरमध्ये सबैभन्दा राम्रो हो ।

आईपीएल इतिहासमा सबैभन्दा सफल बलर बनेका नरायनले १९२ विकेट लिएका छन् । यस्तै उनी अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा १३३ विकेटका साथ सबैभन्दा सफल बलर हुन् ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया