यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ । उहाँले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।
यसअघि मधेश प्रदेशमा ६ दलीय गठबन्धनले कांग्रेसलाई मुख्यमन्त्री दिने गरी सहमति गरेको थियो । आज दिउँसो बसेको ६ दलका नेताहरूको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएकाे हाे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो । सात दलमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, जनमत पार्टी रहेका छन् ।
यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।