जनकपुरले दियाे लुम्बिनीलाई १ सय ३३ रनकाे लक्ष्य

 मंसिर १९, २०८२ शुक्रबार १७:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो । जनकपुरका सङ्गीत कुरेले ४५, मयन यादवले २७ रन बनाए । दुवै खेलाडी नटआउट रहे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले २/२ विकेट लिए ।

लुम्बिनी ६ मध्ये ३ खेल जितेर ६ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आजको खेल जितेमा लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । जनकपुर ५ मध्ये मात्र १ खेल जितेर २ अङ्कसहित तालिकाको पुछारमा छ । जनकपुरले आजको खेल जिते प्लेअफ समीकरणका लागि लिगका बाँकी अन्य खेलमा निर्भर रहनेछ । आजको खेलमा जनकपुरको कप्तानी जान निकोल लोफ्टी–इटोनले गरेका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा पुगेका छन् । कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिइसकेको छ । गएको मङ्सिर १ गतेदेखि चलेको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया